भारतमा सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो, ६८० भन्दा बढीको मृत्यु
भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङख्या २१ हजार ७ सय पुगेको छ। कोभिड-१९ का कारण ६ सय ८६ जनाले ज्यान गुमाएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४३ सयभन्दा बढी मानिस सङ्क्रमणबाट निको भएका छन्। पछिल्लो २४ घण्टामा १४ सय वटा नयाँ सङ्क्रमणका घटना देखा परेका छन् र ३४ जनाको मृत्यु भएको छ।
भारतमा कोरोनाभाइरसको सङ्क्रमण बढी देखिएको राज्य महाराष्ट्र रहेको छ। त्यहाँ अढाइ सय भन्दा बढीको ज्यान गएको छ भने ५ हजार ६०० भन्दा बढी सङ्क्रमित भएका छन्।
गुजरातमा २४ सय भन्दा बढी सङ्क्रमित भएका छन् भने राजधानी दिल्लीमा २२ सय भन्दा बढीमा कोभिड-१९ देखा परेको छ।
नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरू मध्ये उत्तरप्रदेशमा १५ सय भन्दा बढीमा सङ्क्रमण देखिएको छ। त्यहाँ २१ जनाको मृत्यु भएको छ।