कोरोन सङ्क्रमणको आगो पुनः सल्किन सक्ने



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड १९ लामो समयसम्म रहने बताएका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड १९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन् ।

उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो ’पुनः सल्किने’ बताए । विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामको उनले प्रतिरक्षा पनि गरे । उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोभिड १९ बारे विश्वलाई समयमै सचेत गराएको बताए । “पछाडि फर्केर हेर्दा मलाई लाग्छ हामीले उचित समयमै सङ्कट घोषणा र्गयौँ जतिखेर त्यसबारे काम गर्न विश्वसामु पर्याप्त समय थियो,“ जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

डब्ल्यूएचओले जनवरी ३० मा कोभिड १९ लाई ’अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट’ घोषणा गरेको थियो । मार्च ११ मा भने उक्त निकायले यस रोगले महामारीको रूप लिएको जनाएको थियो ।

महामारीसँग सम्बन्धित विवरण सङ्कलन गरिरहेको जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ र एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको उनको भनाइ थियो ।
डब्ल्यूएचओको कामको थुप्रै देशहरूले प्रशंसा गरेपनि डा. टेड्रोसको राजीनामा समेत माग्दै कतिपय अमेरिकी नेताहरूले उनको आलोचना गरेका थिए । राजीनामा मागिएको विषयमा प्रश्न सोधिँदा उनले मानिसहरूको जीवनरक्षाका लागि आफू ’रातदिन’ काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन ‘कुनै दिन रुस हुनसक्ने ट्रम्पको चेतावनी

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको पालना गर्दै संयुक्त राज्य

बन्धकहरू रिहा नभए हमासले नसोचेको परिणाम भोग्ने ट्रम्पको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हमासलाई बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक कामदारको मृत्यु हुनुको साथै