कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या एक लाख ७७ हजार ४ सय १९ पुगेको छ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार २ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २७ सय भन्दा बढीको मृत्यु भएको छ । त्यहाँ आठ लाख १७ हजार मानिस संक्रमित भएका छन् ।
इटालीमा कोरोना संक्रमणबाट २४ हजार ६ सय ४८, स्पेनमा २१ हजार २ सय ८२, फ्रान्समा २० हजार ७ सय ९६ जनाको मृत्यु भएको छ । विश्वमा २५ लाख ५४ हजार भन्दा बढी संक्रमित भएका छन् ।
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ ।

प्रतिक्रिया