अमेरिकी ग्रीनकार्ड सुविधा ६० दिनका लागि स्थगित गरिने



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासनमा लगाइएको रोक ६० दिनसम्म कायम रहने र ग्रीनकार्ड अर्थात् स्थायी बसोबासका आकांक्षी विदेशी नागरिकका हकमा मात्रै त्यो लागु हुने बताएका छन् ।

पछिल्लो आदेश अस्थायी रूपमा अमेरिका प्रवेश गर्नेहरूको हकमा चाहिँ लागु हुने छैन । कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो प्रशासनले गरेका कामबाट ध्यान मोड्न ट्रम्पले पछिल्लो कदम चालेको आलोचकहरूले बताएका छन् । ट्रम्पका अनुसार यस विषयमा कार्यकारी आदेशको लिखित दस्तावेज तयार गर्ने काम भइरहेको छ र ह्वाइट हाउसका वकिलहरूले बुधवारसम्म त्यसलाई हस्ताक्षरयोग्य बनाउने सम्भावना छ ।

ग्रीनकार्डका आकांक्षी विदेशी नागरिकमाथि लगाइने भनिएको रोक अमेरिकी अर्थतन्त्रको अवस्था हेरेर लम्ब्याइन सक्ने राष्ट्रपति ट्रम्पले बताएका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा उनले लाखौँ अमेरिकीले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न र एकअर्काको ज्यान जोगाउन रोजगारी त्याग गरेको बताए ।

र, उनीहरूले ती अवसर फिर्ता पाऊन् भन्ने कुराको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य रहेको ट्रम्पको भनाइ छ । कोरोनाभाइरस महामारीका कारण रोजगार गुमाएका व्यक्तिहरूलाई अन्य देशबाट आएका आप्रवासीसँग प्रतिस्थापन गर्नु ’गलत र अन्यायपूर्ण’ हुने ट्रम्पले टिप्पणी गरेका छन् । पछिल्ला चार हप्तामा दुई करोडभन्दा बढी अमेरिकी नागरिकले आफ्नो नाम बेरोजगारको रूपमा दर्ता गराएका छन् ।

हालसम्म अमेरिकामा आठ लाख २० हजारभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको विश्वव्यापी रूपमा महामारीको अभिलेख राखिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो महिना अमेरिकाले महामारीको कारण आप्रवासीहरू सहितका लागि प्रवेशाज्ञा दिन स्थगन गरिएको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम

सवारी दुर्घटनामा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको

उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई