साउदी अरेबियाले किन दियो मृत्युदण्डलाई बढावा ?



साउदी अरेबियाले सन् २०१९ मा १८४ जना जनालाई मृत्युदण्ड दिएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । विश्वभरि मृत्युदण्ड पाउनेको सङ्ख्यामा कमी आएका बेला उसले भने अघिल्लो वर्षको तुलनामा धेरैलाई मृत्युदण्ड दिएको हो ।

गत वर्ष इराकमा पनि मृत्युदण्ड दिइएको सङ्ख्या दोबर बढेर एक सय पुगेको थियो । दुई सय ५१ जनालाई मृत्युदण्ड दिएको इरान चीनपछि धेरै मृत्युदण्ड दिने देश बनेको छ । यद्यपि, विश्वव्यापी रूपमा भने लगातार चार वर्षदेखि मृत्युदण्ड पाउनेको सङ्ख्यामा कमी आएको छ । सन् २०१८ को दाँजोमा सन् २०१९ मा पाँच प्रतिशतले घटेर जम्मा ६५७ जनालाई मात्रै मृत्युदण्ड दिइएको थियो । एम्नेस्टी इन्टरनेशनलका अनुसार उक्त सङ्ख्या गएको दशककै सबैभन्दा कम हो ।

मानव अधिकारवादी समूहले चीनको तथ्याङ्क यसमा समेटेको छैन जहाँ हजारौँको सङ्ख्यामा मृत्युदण्ड दिने गरिए पनि राज्यले गुपचुप राख्ने गरेको ठानिन्छ । इरान, उत्तर कोरिया र भियतनामजस्ता अन्य देशले पनि जति सङ्ख्यामा मृत्युदण्ड दिन्छन् त्यो सूचना लुकाउने गरेको एम्नेस्टीले उल्लेख गरेको छ ।

मृत्युदण्डको सजाय एकदमै घृणित र अमानवीय सजाय होस् जेलसजायले भन्दा मृत्युदण्ड दिइँदा मानिसले कम अपराध गर्छन् भन्ने कुनै विश्वसनीय प्रमाण नभएको उसले बताएको छ । सन् २०१९ मा १७८ जना पुरुष र ६ जना महिलालाई मृत्युदण्ड दिएको थियो जसमध्ये आधाभन्दा बढी विदेशी नागरिक थिए ।

साउदी अरेबियामा सन् २०१८ मा १४९ जनालाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड पाउनेमा धेरैजसो हत्या वा लागुऔषधसम्बन्धी मुद्दाका छन् । तर एमनेस्टीले भने शिया मुस्लिम अल्पसङ्ख्यकका असन्तुष्ट पक्षविरुद्ध राजनीतिक अस्त्रका रूपमा मृत्युदण्डको बढ्दो प्रयोग गर्न थालिएको जनाएको छ ।

सन् २०१९ को अप्रिल महिनामा ३७ जनालाई त्यहाँ एकै पटक मृत्युदण्ड दिइएको थियो । ती सबै शिया समुदायका थिए र पाँचजना दोषीमाथि “आतङ्कवाद” को आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनद्वारा ‘स्पुतनिक भी’ खोपलाई सोभियत सङ्घकालीन हतियारसँग तुलना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोपलाई रुसमा नै बन्ने

बम हमलामा माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद घाइते

माल्दिभ्सका भूतपूर्व राष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको एउटा सन्दिग्ध बम हमलामा घाइते

कोरोनाको तेस्रो लहरका लागि तयारी गर्न भारतलाई सर्वोच्चको आदेश

भारतको सर्वोच्च अदालतले कोरोनाको तेस्रो लहरको लागि तयारी गर्न सरकारलाई आदेश दिएको छ

भारतमा ४ लाख १४ हजारबढी कोरोना संक्रमित थपिए,३९२० को मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा