अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ सय भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या २४ लाख नाघेको छ । कोरोना संक्रमणबाट अमेरिकामा एकै दिन १९ सय भन्दा बढीको मृत्यु भएको छ । योसँगै अमेरिकामा मृतकको संख्या ४२ हजार नाघेको छ भने संक्रमितको संख्या आठ लाख पुगेको छ ।

इटालीमा मृतकको संख्या २४ हजार नाघेको छ भने स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ४७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । योसँगै भारतमा कोरानाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ९० पुगेको छ । भारतमा ंक्रमितको संख्या १८ हजार छ सय एक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर

जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको

इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको