लकडाउनका कारण माग घटेपछि अमेरिकी तेलको मूल्य पहिलो पटक ‘ऋणात्मक’



अमेरिकी तेलको मूल्य पहिलो धेरैले पटक घटेको छ । यसको अर्थ तेल उत्पादकहरूले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले उक्त पदार्थ लिन क्रेतालाई भुक्तानी दिइरहेका छन् । विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग निकै कम भएको छ ।

फलस्वरूप तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा ऋणात्मक प्रभाव पारेको छ । अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टर्मीडिएट (डब्ल्यूटीआई) को प्रतिब्यारल मूल्य (३७.६३ अमेरिकी डलरमा झरेको छ । सोमबार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका छ । तेलको कारोबार भविष्यको मूल्यका आधारमा गरिन्छ ।

मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँदैछ र व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिनका लागि आफूसँग रहेको तेल बेच्न चाहन्थे । जुन महिनामा पनि वेस्ट टेक्सस इन्टर्मी्डिएट (डब्ल्यूटीआई) को मूल्य कम नै थियो। तर त्यति बेला पनि प्रतिब्यारल मूल्य २० अमेरिकी डलर थियो ।

यसैबीच जुन महिनाको सम्झौताका आधारमा कारोबार भइरहेको ब्रेन्ट क्रूड भनिने अन्तर्रा्ष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ । ८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारल २६ अमेरिकी डलर पुगेको छ ।

लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन् । तेल उद्योग घटिरहेको माग र उत्पादकहरूबीच उत्पादन घटाउने विषयमा भइरहेको खिचातानीका बीच सङ्घर्ष गरिरहेको छ ।

केही हप्ताअघि तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र उक्त सङ्गठनका सहयोगीहरूबीच विश्वव्यापी रूपमा तेल उत्पादनमा करिब १० प्रतिशतले कटौती गर्ने विषयमा सहमति भएको थियो । उक्त सम्झौता तेल उत्पादनमा सहमति जनाइएको हालसम्मकै सबैभन्दा ठूलो कटौती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम

सवारी दुर्घटनामा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको

उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई