लकडाउनका विरुद्ध अमेरिकामा प्रदर्शन



अमेरिकाभरि कैयन् राज्यहरूमा प्रदर्शनकारीहरू त्यहाँका गर्भनरहरूलाई कोरोनाभाइरस महामारीको डरले बन्द गरिएको अर्थतन्त्र पुन: खुला गर्न आह्वान गर्दै सडकमा उत्रिएका छन्।

एरिजोना, कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यमा आइतवार त्यस्ता प्रदर्शन भए। त्योभन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि प्रदर्शन भएका थिए।

हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड-१९ को घातक पुनरोदय हुनसक्ने त्रासका माझ त्यस्ता प्रदर्शन चर्किएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनप्रति आफ्नो समर्थन दर्शाएका छन्।

हाल अमेरिका विश्वभरिकै कोभिड-१९ सङ्कटको केन्द्रविन्दुमा छ। त्यहाँ ७ लाख ३५ हजार सङ्क्रमित छन् भने करिब ४० हजारको ज्यान गइसकेको छ।

सङ्क्रमणको उच्च विन्दुमा पुगेको तथा केही क्षेत्रमा नयाँ सङ्क्रमणको वृद्धि दर घटिरहेको सङ्केत पनि आएका छन्। अमेरिकामा प्रारम्भिक चरणमै सङ्क्रमण फैलिएको वाशिङ्गटन राज्यमा सयौँ मानिस राजधानी ‌ओलम्पियामा भेला भएर गभर्नरलाई अर्थतन्त्रमा लागेका बन्देज खुकुलो पार्न माग गरे।

प्रहरीले भेलामा २५ सय जति सामेल भएको अनुमान गरेको छ। लकडाउन लागु भएपछिको त्यो सबभन्दा ठूलो त्यस्तो जमघट भएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

कैयन् प्रदर्शनकारीले सामाजिक दूरीसम्बन्धी नियम अनि मास्क लगाउन आयोजकहरूले गरेका अपिल पनि उल्लंघन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु

खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बिक्रि नगर्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा

कोरोना संक्रमणबाट भारतमा एकैदिन ८८० जनाको मृत्यु

भारतमा कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक

भारतले रूसमा बनेको स्पुतनिक–५ खोपलाई अनुमति दिने

भारतले रूसमा बनेको कोरोना भाइरस विरूद्धको खोप स्पुतनिक–५ लाई अनुमति दिने तयारी गरेको