लकडाउनका विरुद्ध अमेरिकामा प्रदर्शन



अमेरिकाभरि कैयन् राज्यहरूमा प्रदर्शनकारीहरू त्यहाँका गर्भनरहरूलाई कोरोनाभाइरस महामारीको डरले बन्द गरिएको अर्थतन्त्र पुन: खुला गर्न आह्वान गर्दै सडकमा उत्रिएका छन्।

एरिजोना, कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यमा आइतवार त्यस्ता प्रदर्शन भए। त्योभन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि प्रदर्शन भएका थिए।

हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड-१९ को घातक पुनरोदय हुनसक्ने त्रासका माझ त्यस्ता प्रदर्शन चर्किएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनप्रति आफ्नो समर्थन दर्शाएका छन्।

हाल अमेरिका विश्वभरिकै कोभिड-१९ सङ्कटको केन्द्रविन्दुमा छ। त्यहाँ ७ लाख ३५ हजार सङ्क्रमित छन् भने करिब ४० हजारको ज्यान गइसकेको छ।

सङ्क्रमणको उच्च विन्दुमा पुगेको तथा केही क्षेत्रमा नयाँ सङ्क्रमणको वृद्धि दर घटिरहेको सङ्केत पनि आएका छन्। अमेरिकामा प्रारम्भिक चरणमै सङ्क्रमण फैलिएको वाशिङ्गटन राज्यमा सयौँ मानिस राजधानी ‌ओलम्पियामा भेला भएर गभर्नरलाई अर्थतन्त्रमा लागेका बन्देज खुकुलो पार्न माग गरे।

प्रहरीले भेलामा २५ सय जति सामेल भएको अनुमान गरेको छ। लकडाउन लागु भएपछिको त्यो सबभन्दा ठूलो त्यस्तो जमघट भएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

कैयन् प्रदर्शनकारीले सामाजिक दूरीसम्बन्धी नियम अनि मास्क लगाउन आयोजकहरूले गरेका अपिल पनि उल्लंघन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युएसएडले आफ्ना सबै कर्मचारीलाई बोलायो फिर्ता

वासिङ्टन । अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले आफ्ना विदेशी पोस्टिङबाट

सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव

वासिङ्टन । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए)ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको

ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

  टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा