क्यानडामा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु



क्यानडाको नोभा स्कोटिया प्रान्तमा प्रहरीको भेषमा हिँडेका एक सशस्त्र व्यक्तिले गोली चलाउँदा एक महिला प्रहरीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । १२ घण्टा लामो घटनामा ती आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार राति गोली चल्न थालेपछि सुरक्षाका कारण दुर्गम नगर पोर्टपिकका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो ।

प्रहरीका अनुसार ती आक्रमणकारीले प्रहरीको जस्तो देखिने एउटा कार प्रयोग गरेका थिए र उक्त कारलाई पछ्याउन थालिएको थियो । ती आक्रमणकारीले नोभा स्कोटियाका विभिन्न स्थानमा मानिसहरूलाई गोली हानेको हुनाले हताहत हुने सङ्ख्या अझै स्पष्ट हुन बाँकी भएको प्रहरीले बताएको छ । सेवामा खटिँदा आक्रमणमा परेर हाईडी स्टीभन्सनले पनि ज्यान गुमाइन्।

उनी त्यहाँको प्रहरी आरसीएमपीमा २३ वर्षदेखि कार्यरत थिइन् । आरसीएमपीकी निर्देशक ब्रेन्डा लकीलाई उद्धृत गर्दै सीएनबीसी न्यूजले सुरुमा आक्रमणकारीकोल कुनै ’अभिप्रायसहित’ भएको हुन सक्ने तर पछि उनी ’अनियन्त्रित’ भएको जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले उक्त घटनालाई ’भयानक’ भनेका छन् ।

नोभा स्कोटियाका प्रान्तीय प्रमुख स्टीभन मक्नीलले आफ्नो प्रान्तको इतिहासमा सबैभन्दा अर्थहीन हिंसात्मक घटना भएको भनेर दुःख व्यक्त गरेका छन् । प्रहरीका अनुसार शनिवार राति बन्दुक प्रयोग भएको एउटा घटनाबारे सूचना प्राप्त भएको थियो । प्रहरीले आफ्नो ट्वीटमा ती सन्दिग्ध आक्रमणकारी ५१ वर्षीय गेब्रीअल वोर्टम्यान भएको जनाएको छ ।

उनी प्रहरी नभएको तर आरसीएमपीको पोसाक लगाएको हुन सक्ने बताइएको थियो । ट्वीटमा उनको कार र प्रहरीको कारमा केही भिन्नता रहेको भन्दै उल्लिखित बेहोराको कार देखिए तत्काल ९११ मा खबर गर्न सर्वसाधारणलाई आइतवार आग्रह गरिएको थियो । ती आक्रमणकारीले कार फेरेको प्रहरीको भनाइ छ। उनको मृत्युबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन ।

क्यानडामा यस्तो खालको बन्दुक आक्रमण दुर्लभ मानिन्छ। त्यहाँ छिमेकी अमेरिकामा जसरी सजिलै बन्दुक राख्न पाइँदैन । सन् २०१९ मा दुई किशोरहरूले ब्रिटिश कोलम्बियामा तीन जनाको हत्या गरेका थिए । सन् १९८९ मा क्विबेकस्थित एउटा कलेजमा १४ महिलाको हत्या भएको थियो । एक आक्रमणकारीले एउटा कक्षा कोठामा भएका सबै पुरुषलाई बाहिर निकालेर महिलाहरूलाई गोली हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा

लस एन्जलस । नासा र स्पेसएक्सले सूर्यबाट डाटा सङ्कलन गर्न एउटै रकेटमा दुईवटा

पाकिस्तानमा पृथकतावादी समूहले कब्जा गरेको रेलबाट १९० बन्धकको उद्दार

पाकिस्तान । पाकिस्तान सुरक्षा स्रोतहरूले बुधबार बताएअनुसार सेनाले दक्षिणपश्चिमको पहाडी क्षेत्रमा दोस्रो दिन

फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई हेग लगिँदै, स्वदेश फिर्ता गर्न छोरीको अपील

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेका वकिलले लागूऔषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी

ग्रिनल्यान्डको संसदीय चुनावमा अतिराष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त

ग्रिनल्यान्ड । अतिराष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको