कोरोनाका कारण यसवर्ष बेलायती महारानीको जन्मदिनमा विशेष कार्यक्रम नगरिने
कोरोनाभाइरस महामारीका कारण बेलायती महारानी एलिजावेथ द्वितियलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम स्थगित भएको छ ।
कोरोनाका कारण यसवर्ष जन्मदिनलाई सामान्यरूपमा मनाइने बकिङ्गम प्यालेसले जनाएको छ । महारानीले अहिलेको विसम परिस्थितिमा विशेष कार्यक्रम गर्ने इच्छा प्रकट नगरेको बकिङ्गम प्यालेसले जनाएको छ । महारानी अप्रिल २१ मा ९४ वर्ष लाग्दैछिन् ।