अमेरिका र क्यानडाको सीमा एक महिना बन्द रहने
अमेरिका र क्यानडाबीचको सीमा एक महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँगको सीमा एक महिना बन्द गर्ने जनाएका छन् । यो समयमा दुई देशबीच कुनै पनि किसिमको यात्रा गर्न पाइने छैन । कोरोना महामारीपछि पहिलोपल्ट अमेरिका र क्यानडाबीच सीमा बन्द भएको हो ।