अफ्रिका कोरोना सङ्क्रमणको अबको केन्द्र हुनसक्ने डब्लुएचओको चेतावनी



राष्ट्र सङ्घीय अधिकारीहरूले यो महामारीले अफ्रिकामा तीन लाखसम्म मान्छेहरूको ज्यान जान सक्ने र तीन करोड मानिसहरू गरिबीतर्फ धकेलिने बताएका छन्।

गत हप्ता अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो।

त्यहाँ अहिलेसम्म १९००० जना सङ्क्रमित भएको र करिब १००० जनाको ज्यान गएको छ। अहिलेसम्म त्यो सङ्ख्या युरोप र अमेरिकाको भन्दा निकै कम हो।

अफ्रिकाका लागि राष्ट्र सङ्घीय आर्थिक आयोगले त्यहाँ तीन लाख सम्म मान्छेको ज्यान जान सक्ने भन्दै सो महादेशको लागि बाह्य ऋण भुक्तानी स्थगनसहित करिब एक सय अर्ब डलरको सहायताको आह्वान गरेको छ।

डब्ल्यूएचओका अनुसार भाइरस अफ्रिकी देशका राजधानी बाहिर फैलन सुरु भएको छ। अफ्रिकी महादेशमा महामारीसँग जुझ्न भेन्टिलेटरको अभाव भएको पनि उसले औँल्याएको छ।

अफ्रिकाको एक तिहाइ भन्दा बढी जनसङ्ख्याको खानेपानीमा पहुँच छैन र शहरका करिब ६० प्रतिशत जनसङ्ख्या भिडभाडयुक्त झुपडबस्तीहरूमा बस्छन्- जुन भाइरस फैलिनका लागि उपयुक्त अवस्था बन्न सक्छ।

अफ्रिकाको जनसङ्ख्या १.३ अर्ब छ जसमध्ये १९ हजार जनामा सङक्रमण पुष्टि भइसकेको छ भने ९७० जनाको मृत्यु भइसकेको छ।

उत्तरी अफ्रिका सबभन्दा नराम्ररी प्रभावित क्षेत्र हो। अल्जेरिया, इजिप्ट र मोरक्कोमा २००० जनामा सङ्क्रमण पुष्टि भएको छ।

दक्षिण अफ्रिकामा २०००मा सङ्क्रमण पुष्टि भएको छ र ४८ जनाको ज्यान गएको छ। यो महादेशको सबभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा ४४२ जनामा सङ्क्रमण पुष्टि भएको छ र १३ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही