लकडाउनको विरोधमा अमेरिकामा बन्दुकसहित प्रदर्शन



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही अमेरिकी राज्यमा लकडाउन विरोधी प्रदर्शनलाई समर्थन गरेको देखिनेगरी गरिएका आफ्ना ट्वीटको बचाउ गरेका छन् । शुक्रवारको आफ्नो नियमित पत्रकार सम्मेलनमा उनले मिनेसोटा, मिसिगन र भर्जिनिया राज्यले केही ’निकै कडा’ प्रतिबन्धका उपायहरू अपनाएको बताएका थिए ।

त्यसअघि उनले एकपछि अर्को ट्वीटहरू गर्दै ती राज्यहरू ’खुला छाड्नुपर्ने’ बताएका थिए । स्वास्थ्य अधिकारीहरूले भने घरभित्रै बस्नुपर्नेजस्ता उपायहरू कोरोनाभाइरस सङ्क्रमण फैलन नदिनका लागि चालिएका कदम भएको बताएका छन् । तर प्रदर्शनकारीहरूले भने मानिसका आउजाउ बिनाकारण रोक्दै आर्थिक गतिविधिहरू समेत ठप्प पारेर नागरिकहरूलाई आहत पारिराखेको आरोप लगाएका छन् ।

लकडाउन अन्त्य गर्न आग्रह गर्दै गरिएका त्यस्ता प्रदर्शन ओहायो, नर्थ क्यारोलाइना, क्यान्टकी, युट राज्यमा समेत भएका थिए  । शुक्रवार ट्विटरमा उल्लेख गरिएका राज्यहरूमा भने डेमोक्रेटहरूको सरकार छ । रिपब्लिकनहरूले नेतृत्व गरिरहेको ओहायो र युट राज्यको उनले उल्लेख गरेनन् । विसकन्सिन, ओरेगन, मेरिल्याण्ड, टेक्सस, आइडहो लगायतका राज्यहरूमा थप प्रदर्शनका योजना बनिरहेका छन् । प्रदर्शनकारीहरू भर्जि ि नयामा केही दर्जनदेखि मिसिगनमा हजारौँको सङ्ख्यामा छन् ।

राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा चरणबद्ध रूपमा हटाउने विषयमा ट्रम्पले गभर्नरहरूलाई निर्देशन दिएको एक दिनपछि उनको समर्थनभाव देखिएको हो । उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताएका थिए । ट्रम्प प्रशासनले जारी गरेको मार्गदर्शक निर्देशिकामा सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँले गर्ने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही