कोरोना संक्रमणबाट कुन देशका कतिको मृत्यु ? सूची हेर्नुस्



कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ४ सय १० पुगेको छ । संक्रमितको संख्या २१ लाख ७९ हजार ९ सय ५ पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् ।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजार भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ३२ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ३७ जनाको मृत्यु भएको छ । स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जना संक्रमित हुँदा १९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा मृत्यु हुनेको संख्या २२ हजार १ सय ७० पुगेको छ ।

फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको छ भने १ लाख ६५ हजार २७ जना संक्रमित भएका छन् । जर्मनीमा १ लाख ३७ हजार ६ सय ९८ जना संक्रमित भएका छन् ।

मृतकको संख्या ४ हजार ५२ पुगेको छ । वेलायतमा मृतकको संख्या १३ हजार ७ सय २९ पुगेको छ भने संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगेको छ । भारतमा संक्रमितको १३ हजार ४ सय ३० पुगेको छ भने मृतकको संख्या ४ सय ४८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्