ब्राजिलका राष्ट्रपति जायर बोलसोनारेले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् । कोरोना संक्रमण रोकथामका विषयमा विवाद भएपछि राष्ट्रपति बोलसोनारेले स्वाथ्यमन्त्री लुइज हैनरिक मनडेटालाई पदबाट बर्खास्त गरेका हुन् । स्वास्थ्य मन्त्रीले एक अन्तरवार्तामा कोरोना भाइरसको जोखिम बिरुद्ध सरकार एक जुट भएर लड्नु पर्ने बताएका थिए ।
उक्त अभिव्यक्तिप्रति राष्ट्रपतिले आपत्ति जनाएका थिए । स्वास्थ्य मन्त्रीले संक्रमणबाट बच्न सामाजिक दूरी बाढाउनु पर्ने भन्दै राज्यले गरेको लकडाउनको तारिफ गरेका थिए । तर राष्ट्रपतिले जनतामा त्रास सिर्जना नगरी कोरोना संक्रमण बिरुद्ध लड्नु पर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया