भारतका ६ ठूला सहरसहित १७० जिल्ला कोरोना संक्रमणको ‘रेड जोन’मा



राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतका छवटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको ’रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ । बुधवार प्रकाशित एउटा निर्देशिकामा सरकारले देशलाई सङ्क्रमणको सङ्ख्याका आधारमा विभिन्न रङ्गबाट सङ्केत गर्दै विभिन्न वर्गमा छुट्याएको छ ।

रातो रङ्गले धेरै सङ्क्रमण फैलिएको, सुन्तला रङ्गले केही सङ्क्रमण भएको तथा हरियो रङ्गले सङ्क्रमण नभएको क्षेत्र सङ्केत गर्छन् । कुनै पनि स्थान हरियो अर्थात् सुरक्षित क्षेत्रमा परेका छैनन् । भारतका कुल १७० वटा जिल्ला रेड जोन मा परेका छन् । दिल्ली र मुम्बईबाहेक चेन्नई, बैङ्ग्लोर, कोलकाता र हैदराबाद पनि खतरनाक क्षेत्रमा परेका छन् ।

उद्योगधन्दाका लागि चिनिएका विभिन्न राज्यहरू यो वर्गमा परेका छन् । ती क्षेत्रहरूमा केन्द्रीय सरकारले राज्यहरूलाई परीक्षण र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको अर्को सातासम्म पहिचान गर्न भनेको छ । रेड जोनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या घटाएर क्रमशस् ग्रीन जोन अर्थात् शून्य सङ्क्रमण भएको क्षेत्र बनाउने उसको उद्देश्य छ ।

२८ दिनसम्म नयाँ सङ्क्रमण नभेटिएका स्थानलाई ग्रीन जोनको मान्यता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी १४ दिनमा सङ्क्रमण नभेटिएका स्थान अरिन्ज जोनमा पर्नेछन् ।

ती क्षेत्रमा व्यापक रूपमा परीक्षण गरेर प्रत्येक ठाउँ कति प्रभावित छ भनेर निक्र्यौल गरिनेछ । राज्य सरकारहरूले ’पूल टेस्टिङ’ अर्थात् ’सामूहिक परीक्षण’ गर्ने घोषण गरिसकेका छन् । त्यसका लागि धेरै नमुनाहरू सङ्कलन गरेर एउटा ट्यूबमा हालेर एकैचोटि परीक्षण गरिनेछ । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको यो परीक्षणविधिमा कोरोनाभाइरस भएको देखिए प्रत्येक व्यक्तिको छुट्टछुट्टै परीक्षण गरिनेछ ।

यो विधिबाट ठूलो जनसङ्ख्याको परीक्षण गर्दा समय बचत हुनेछ । अप्रिल २० सम्म रातो वर्गमा परेका क्षेत्र र जिल्लाले लकडाउन फुक्का गराउन आवेदन दिन पाउनेछैनन् ।

भारतले बुधवार कृषि उद्योगलाई लक्षित गर्दै प्रतिबन्धहरू केही खुकुलो बनाइने घोषणा गरेको थियो । त्यसबाट ई(कमर्स र सेवा उद्योगमा कार्यरत मानिसहरले पनि हिँडडुल गर्न छुट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीबार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता

जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँः मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता

चीनद्वारा पाकिस्तानलाई थप बीस लाख खोप प्रदान

पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको

आफ्नो पानीजहाजमा रुसले गोली नचलाएको वेलायतको भनाइ

रुसको सेनाले ब्ल्याक सी मा आफ्नो पानीजहाजमाथि चेतावनी स्वरूप प्रहार गरेको भनाइलाई ब्रिटेनले