भारतमा लकडाउन खुकुलो बनाउन निर्देशिका जारी



भारतमा वैशाख २१ गतेसम्म ‘लकडाउन’ जारी राखिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको भोलिपल्ट त्यहाँको गृह मन्त्रालयले एक नयाँ निर्देशिका जारी गरेको छ।

जसअनुसार वैशाख ८ पश्चात् त्यहाँ कृषि गतिविधिलाई अनुमति दिइनेछ। लकडाउनको बेला स्वास्थ्य सेवा तथा आपत्‌कालीन कर्मचारीको आवतजावतका निम्ति बाहेक सार्वजनिक यातायात, उडान तथा रेलसेवा स्थगित रहनेछन्।

स्कुल तथा विश्वविद्यालयका साथै धार्मिक मठमन्दिर बन्द रहनेछन्। खेल गतिविधि पनि बन्द रहनेछन्। अस्पताल र स्वास्थ्यसेवा भने जारी रहनेछन्।

निर्देशिका बमोजिम वैशाख ८ पश्चात् कृषिसँग सम्बन्धित गतिविधि खुकुलो पारिने छ भने ब्याङ्क तथा सार्वजनिक सेवा पनि सहज पारिने बताइएको छ।

कृषि अन्तर्गत दुग्ध, चिया, कफी र रबर खेतीलाई पनि सहज तुल्याइने तथा कृषिसम्बन्धी सामग्री बेच्ने उपकरण तथा मल बेच्ने पसललाई पनि छुट दिइने कुरा निर्देशिकामा छ।

नयाँ नियमहरूले आपूर्तिका सञ्जाललाई सहजीकरण गरेर अर्थतन्त्रमा परिरहेको प्रभावलाई कम गर्ने ठानिएको छ। दैनिक ज्यालादारी मजदुरको आम्दानीका स्रोत रहेका सार्वजनिक निर्माण कार्य पनि कडा सामाजिक दूरीका उपाय अपनाएर खोलिने बताइएको छ।

मालबाहक ट्रक, रेल तथा विमान सेवालाई पनि अनुमति दिइने जनाइएको छ। केही सातायता राज्यहरूबीच ठूलो परिमाणमा मालबाहक सवारीसाधन रोकिएपछि आपूर्ति प्रणालीमा समस्या आएको थियो।

ब्याङ्कका साथै सामाजिक सुरक्षा तथा पेन्सन बाँड्ने सरकारी केन्द्रहरू पनि खुल्ने निर्देशिकामा उल्लेख छ। चैत १२ देखि भारतमा ‘लकडाउन’ जारी छ।

भारतमा पहिलो कोरोनाभाइरस सङ्क्रमण ज्यानुअरीको अन्ततिर देखा परेको थियो। तर सङ्क्रमितको सङ्ख्या गएको एक महिनादेखि तीव्र दरमा बढिरहेको छ।

हालसम्म भारतमा सङ्क्रमितको सङ्ख्या ११ हजारभन्दा बढी तथा मर्नेहरूको सङ्ख्या ३७७ पुगेको बीबीसी हिन्दीमा जनाइएको छ।

कडा यात्रा बन्देज लगाउने देशहरूमा भारत पहिलोमध्येको थियो। अन्य देशमा सङ्क्रमण बढ्नासाथ भारतले सबै भिसा रद्द गर्नुका साथै अन्तर्राष्ट्रिय उडान पनि रोकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही