कोरोना संक्रमणकाबीच दक्षिण कोरियामा मतदान सुरु



प्रतिबन्धहरू खुकुलो गर्ने प्रयासको पहिलो पाइलाका रूपमा युरोपेली राष्ट्र डेनमार्कले बुधवारदेखि शिशु स्याहार केन्द्र र प्राथमिक विद्यालयहरू खोल्न सुरु गर्ने भएको छ।

नयाँ नियमानुसार विद्यार्थीहरूलाई पहिलेभन्दा टाढा राखिने, सरसफाइमा पनि विशेष ध्यान दिइने र सम्भव भएको अवस्थामा खुला स्थलमा कक्षा सञ्चालन गरिनेछन्।

लकडाउनका अन्य प्रतिबन्धहरू भने कायम रहने बताइएको छ। डेनमार्कको सरकारले अस्पतालहरूमा बिरामीहरूको सङ्ख्या कम हुन थालेकोले अन्य प्रतिबन्धहरू पनि चाँडै हटाउन सकिने बताएको छ।

डेनमार्कमा ६,७०० जनाभन्दा बढीको कोरोनाभाइरस सङ्क्रमण भएको र ३०० जनाको हराहारीमा मृत्यु भएको तथ्याङ्क छ।

यसैबीच जर्मनीमा पनि सरकारले बुधवार केही प्रतिबन्धहरू हटाउने सम्बन्धमा छलफल गर्ने बताइएको छ। दक्षिण कोरियामा बुधवार संसद्‌को न्याश्नल एसेम्ब्लीको निर्वाचन भइरहेको छ।

निर्वाचनमा मतदाताहरू मास्क लगाएर गएको देखिएको छ। उनीहरू कम्तीमा एक मिटरको दूरीमा उभिएको बताइएको छ।

मतदानअघि उनीहरूको ज्वरो नापिएको थियो। उनीहरूलाई पहिला पन्जा र पछि मतपत्र दिइएको समाचारसंस्थाहरूले जनाएका छन्।

यो निर्वाचनका लागि चार करोड ४० लाख नागरिक मतदाता छन्। दक्षिण कोरियाले इतिहासमा कहिल्यै निर्वाचन नरोकेको बताइएको छ। सन् १९५२ मा कोरियाली युद्ध हुँदा पनि त्यहाँ राप्ट्रपतिको निर्वाचन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ