३६ देशमा दादुरा बिउँतिने जोखिम



कोरोनाभाइरसको विश्वव्यापी महामारीबीच कतिपय खोप लगाउने कार्यक्रममा ढिलाइ भइरहेकोले दादुराको प्रकोप फैलिन सक्ने जोखिम देखिएको छ ।

यूनिसेफका अनुसार विश्वका ३७ देशका ११ करोड ७० लाख बालबालिकाले समयमा दादुराविरुद्ध खोप नपाउन सक्छन् । एमएमआर खोप प्रयोग गर्ने दर कम रहेका युरोपका थुप्रै देशमा ठूलो स्तरमा प्रकोप फैलिएको छ । सम्भावित घातक सङ्क्रमणको घटनामा वृद्धि देखिएपछि वेलायतले दादुरामुक्त देशको हैसियत गुमाइसकेको छ ।

रुघाखोकी, ज्वरो र दाग गराउने यो रोगबाट एमएमआर खोप दुई पटक दिएर जोगिन सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाँच वर्ष उमेरका ९५ प्रतिशतले पहिलो खेपको खोप लगाएका छन् भने ८७.४ प्रतिशत दोस्रो खेप लिएका छन् ।

दादुरा उच्च सङ्क्रामक रोग भएकोले खोप प्रयोग गर्ने दरमा सामान्य कमी आउँदा पनि त्यसको प्रभाव पर्न सक्छ । दादुराको सक्रिय सङ्क्रमण नदेखिएका मुलुकहरूले आवश्यकताअनुसार खोप कार्यक्रमलाई तत्कालका लागि रोक्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ठूलो स्तरमा दादुरा सङ्क्रमणको सामना गरिरहेका देशसहित २४ वटा मुलुकले कोरोनाभाइरस महामारीको कारण देखाउँदै खोप कार्यक्रम रोक्न निर्णय गरिसकेका छन् ।

त्यस्ता देशमा बाङ्ग्लादेश, ब्रजिल, बोलिभिया, कम्बोडिया, चाड, चिले, कोलम्बिया, जिबुटी, द डोमिनिकन रिपब्लिक, डीआर कङ्गो, इथियोपिया, होन्डुरस, कजाकस्तान, किर्गिजस्तान, लेबनन, माल्दिभ्स, मेक्सिको, नेपाल, नाइजिरिया, पाराग्वे, सोमालिया, दक्षिणी सुडान, युक्रेन र उज्बेकिस्तान छन् । तर यूनिसेफका अनुसार अरू देशले अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।

“यदि कोरोनाभाइरस सङ्क्रमण फैलिने कुरालाई लिएर खोप कार्यक्रम रोक्ने कठिन निर्णय लिइएको हो भने हामी नेताहरूलाई खोप नलगाइएका बालबालिकाहरूको पहिचान गर्ने कार्यमा तीव्रता दिन हामी आग्रह गर्छौँ।“ प्रवक्ता जोआना रिआले नियमित खोप कार्यक्रममा उत्पन्न बाधाले बालबालिकामा घातक रोगहरू लाग्ने जोखिम बढाउने बताइन् ।
वेलायतले बालबालिकाहरूलाई नियमित खोप कार्यक्रम अन्तर्गत एमएमआर खोप लगाउन भनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट