बेलायती प्रधानमन्त्री जोनसन अस्पतालबाट डिस्चार्ज
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले जोनसनलाई अस्पतालले डिस्चार्ज गरेको पुष्टि गरेको छ ।
कोरोना पोजेटिभ पाइएपछि गत आइतबार उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । ६ अप्रिलमा आईसीयूमा राखिएका प्रधानमन्त्री जोनसनलाई ९ अप्रिलमा आइसीयूबाट निकालिएको थियो ।
स्वास्थ्य स्थितिमा सुधार हुँदै गए पनि जोनसन केही दिनसम्म काम गर्न असमर्थ रहने बीबीसीले जनाएको छ । २७ मार्चमा बोरिसलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ५ अप्रिलमा उनलाई अस्पताल भर्ना गरिएको हो ।