कोरोना संक्रमणबाट विश्वमा एक लाख ८ हजार भन्दा बढीको मृत्यु
कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघेको छ । आइतबार बिहानसम्म कोरोना संक्रमणबाट १ लाख ८ हजार ७ सय ७० जनाको ज्यान मृत्यु भएको छ ।
अमेरिकामा सबैभन्दा धेरै २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ । इटलीमा १९ हजार ४६८ जनाको, स्पेनमा १६ हजार ६०६, फ्रान्समा १३ हजार ८३२ बेलायतमा ९ हजार ८७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमित भेटिएका छन् । जसमा अमेरिकामा मात्रै ३० हजार कोरोनाका संक्रमित थपिएका छन् । भारतमा संक्रमितको संख्या आठ हजार ४ सय ४६ पुगेको छ भने २ सय ८८ जनाको मृत्यु भएको छ ।