कोरोना भाइरसबाट विश्वभरि मृत्यु हुनेको सङ्ख्या करिव एक लाख, १६ लाख भन्दा बढी संक्रमित



संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाखनजिक पुगेको जनाएको छ। उसका अनुसार विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १६ लाख नाघेको छ।

उक्त विश्वविद्यालयका अनुसार कोरोभाइरसका कारण इटलीमा सबैभन्दा बढी मृत्युका घटना भएका छन्। त्यहाँ १८ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब डेढ लाख मानिसमा सङ्क्रमण पुष्टि भएको छ।

त्यसपछि अमेरिकामा १६ हजार ७०३ जना व्यक्तिले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाएका छन्। तर सङ्क्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ चार लाख ६० हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ८४३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित मानिसहरूको सङ्ख्या करिब एक लाख ५७ हजार छ। त्यसपछि फ्रान्समा धेरै मानिसको मृत्यु भएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १२ हजार २२८ जनाको मृत्यु भएको छ भने करिब एक लाख १९ हजार व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

मृतकको हिसाबले वेलायत पाँचौँ स्थानमा छ, जहाँ करिब आठ हजार मानिसको मृत्यु भएको छ। सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या करिब ६६ हजार छ।

भारतमा सङ्क्रमित हुनेहरूको सङ्ख्या करिब सात हजार छ भने २२९ जनाको मृत्यु भएको छ। द नेदरल्यान्ड्सका अधिकारीहरूले कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या सोचेभन्दा दुई गुणाले बढी हुन सक्ने बताएका छन्।

एप्रिल महिनाको पहिलो सात दिनमा एउटा औसत हप्ताको भन्दा दुई हजार बढी मानिसको ज्यान गएको तथ्याङ्कले देखाउँछ।

ती सबै मृत्यु कोरोनाभाइरस महामारीकै कारणले भएको हुन सक्छ। त्यो सङ्ख्या अभिलेख गरिएको कोभिड-१९ बाट मृत्यु हुनेहरूको सङ्ख्याभन्दा दुई गुणाले बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भएको भिडन्तमा चार सैनिक र १५ विद्रोहीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र

भारतमा दुई छुट्टाछुट्टै दुर्घटनामा १४ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग

फिलिपिन्समा डेङ्गुको प्रकोप

मनिला । फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप

युक्रेन र रूसबीचको युद्ध शान्तिका साथ अन्त्य हुने स्कोल्जको दाबी

म्यूनिख । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र