पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति



रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राज सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उनीहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल भएको रसियाली राष्ट्रपतिको प्रेस सेवाले शुक्रबार जनाएको छ ।

प्रेस सेवाको वक्तव्यमा भनिएको छ, “रसियाली राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति र साउदी राजासँग टेलिफोनमा कुराकानी गर्नु भयो ।” छलफलका क्रममा ओपेक समेतको सहभागितामा मन्त्रीस्तरीय बैठक आयोजना गर्न सहमति पनि भएको छ । उनीहरुबीच तेलको मूल्यमा आएको उतारचढाव र यसबाट विश्व अर्थतन्त्रमा सिर्जित नकारात्मक असरलाई कम गर्न तथा विश्वको तेल व्यापारलाई स्थिरता प्रदान गर्न सबै पक्षबीच समान धारणा रहेको पनि प्रेस सेवाले जनाएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिएसँगै विश्व बजारमा तेलको माग घट्नुका साथै तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । अमेरिकाले मुख्य तेल उत्पादक राष्ट्रहरु रुस र साउदी अरेबियाबीच जारी अस्वस्थ प्रतिस्पर्धाका कारण तेलको मूल्यमा अस्थिरता आएको बताउँदै दुबै देशमाथि उत्पादनमा कटौती गर्न दबाब दिँदै आएको छ ।

यसैबीच, तेल उत्पादक राष्ट्रहरुको समूह (ओपेक) र रसियाबीच आगामी मे र जुन महिनाका लागि प्रतिदिन एक करोड ब्यारेल तेल कटौती गर्न बिहीबार सहमति भएको ओपेकले जनाएको छ । अमेरिकी टेलिभिजन सिएनएनका अनुसार जुलाईदेखि डिसेम्बरको अवधिमा ८० लाख ब्यारेल प्रतिदिन तथा सन् २०२१ को जनवरीदेखि स्न २०२२ को अप्रिलसम्म प्रतिदिन ६० लाख ब्यारेल तेल उत्पादनमा कटौती गरिने छ ।

इरान, लिबिया र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्धहरुका कारण पहिल्यै तेल उत्पादनमा असर परेको भन्दै यी मुलुकको तेल उत्पादनमा कटौती हुने छैन । साउदी अरेबियाको अग्रसरतामा भएको ओपेकको बिहीबारको बैठकमा सदस्य मुलुकहरुबीच टेलिकन्फेरेन्स मार्फत बैठक भएको साउदी अरेबियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाह गर्नुअघि महिलाले आफू कुमारी भएको प्रमाणपत्र देखाउनुपर्ने कस्तो चलन ?

इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले

क्राइमियास्थित रुसी सैन्य हवाई अड्डामा भएको विस्फोटमा धेरै रुसी विमानहरु ध्वस्त

भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा यस साताको सुरुमा भएका विस्फोटहरूपछि क्राइमियाको एक रुसी हवाई आधारक्षेत्रमा

इथियोपियाको टिगरेमा चार हजार भन्दा बढी ट्रकद्वारा मानवीय सहायता आपूर्ति

इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात

क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य