बर्नी स्यान्डर्सले अभियान त्यागेपछि डोनल्ड ट्रम्पको प्रतिद्वन्द्वीमा जो बाइडेन



अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेवार बन्ने प्रतिस्पर्धाबाट बर्नी स्यान्डर्स पछाडि हटेपछि रिपब्लिकन पार्टीबाट पुनः उम्मेदवार बन्न लागेका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिद्वन्द्वीमा भूतपूर्व उपराष्ट्रपति जो बाइडेन हुने निश्चितजस्तै भएको छ।

बुधवार आफ्ना समर्थकहरूलाई ७८ वर्षीय स्यान्डर्सले पार्टीबाट उम्मेदवार बन्न आवश्यक मत प्राप्त गर्ने सम्भावित बाटो बाँकी नरहेको भन्दै आफ्नो निर्वाचन अभियान परित्याग गरेको घोषणा गरेका थिए।

प्रारम्भिक अभियानका बेला युवा मतदातामा रहेको आकर्षणका कारण स्यान्डर्स अगाडि देखिए पनि केही सातायता बाइडेनले उनलाई पछाडि पारेका थिए।

आफूलाई ‘प्रजातान्त्रिक समाजवादी’ भन्ने स्यान्डर्सले सबैका लागि स्वास्थ्यसेवा, सार्वजनिक कलेजमा नि:शुल्क शिक्षा, धनीहरूका लागि धेरै कर र न्यूनतम आयमा वृद्धिका विषयलाई आफ्नो चुनावी मुद्दा बनाएका थिए।

स्यान्डर्स सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवार बन्न खोजेका थिए तर हिलारी क्लिन्टनले उनलाई पराजित गरेकी थिइन्।

स्यान्डर्सले अभियान छोडेपछि अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको अधिवेशनले ७७ वर्षीय बाइडेनलाई उम्मेदवार छान्ने अपेक्षा गरिएको छ। त्यसपछि उनले रिपब्लिकन पार्टीका ट्रम्पसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

इन्टरनेटमार्फत् गरिएको सम्बोधनमा स्यान्डर्सले निर्वाचन अभियान अन्त्य गर्नु धेरै गाह्रो र दुःखद भएको बताएका छन्। “मैले उम्मेदवार हुन कुनै बाटो बाँकी देखेको भए म रोकिने थिइनँ,” उनले भने।

उनले आफ्नो अभियानले अमेरिका कस्तो देश बन्न सक्छ भन्ने विषयमा जनमत फेरेको र देशमा कहिले नसकिने आर्थिक न्याय, सामाजिक न्याय, जातीय न्याय र वातावरणीय न्यायको सङ्घर्षमा देशलाई एक कदम अगाडि बढाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण अफगानिस्तानमा बम विस्फोटमा परी चार जनाको मृत्यु

अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राति भएको बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु

नामिबियालाई कोभाक्सबाट २४ हजार डोज खोप उपलब्ध

अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको

अमेरिकामा भएको गोलीकाण्डमा कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा

दक्षिण कोरियाको नयाँ प्रधानमन्त्री किम बुक्युम नियुक्त

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।