हुथी विद्रोहीसँग यमनमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनद्वारा युद्धविरामको घोषणा



हुथी विद्रोहीसँग यमनमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको अधिकारीहरूले बताएका छन्। पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम हुन लागेको स्रोतहरूले  बताएका छन्।

पश्चिमा सैन्य शक्तिले समर्थन गरिरहेको उक्त गठबन्धन हुथीविद्रोही विरुद्ध सन् २०१५ को मार्च महिनादेखि लडिरहेको छ। हुथी विद्रोहीहरूले पनि यसलाई युद्धविरामका रुपमा हेरेका छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन।

गत महिना संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले यमनमा लडिरहेका पक्षहरूलाई युद्धविराम गरेर कोरोनाभाइरसको सम्भावित प्रकोपसँग जुध्नका लागि प्रयासहरू चाल्न आह्वान गरेका थिए।

उनले देशका सबै युद्धरत पक्षलाई देशव्यापी रुपमा युद्ध मत्थर बनाउँदै लैजानका लागि आफ्ना विशेष दूत मार्टिन ग्रिफिथ्ससँग काम गर्न आह्वान गरे। ग्रिफिथ्सले युद्धविरामसबन्धी समाचारको बुधबार नै एक विज्ञप्तिमार्फत स्वागत गरे।

युद्धविरामबारे छलफल गर्न दुवै पक्षले भिडिओ कन्फेरेन्समा भाग लिने ठानिएको छ। उक्त छलफलमा हवाइ, जमिन र जल सबैतिर युद्ध रोक्ने विषयमा प्रस्ताव गरिनेछ।

साउदी नेतृत्वको गठबन्धनले विज्ञप्ति जारी गर्दै लेखेको छ: “यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूतले यमनी जनताको पीडा कम गर्नका लागि गरिरहेका प्रयासलाई सफल पार्न र कोरोनाभाइरसको महामारीसँग जुझ्न र यसको रोकथामका लागि गठबन्धनले दुई साताका लागि बृहत् युद्धविरामको घोषणा गरेको छ।”

यमनको अवस्थालाई लामो समयदेखि विश्वकै खराब मानवीय सङ्कट भनि व्याख्या गरिँदै आएको छ। युद्धका क्रममा थुप्रै सर्वसाधारणको ज्यान गएको छ। संयुक्त राष्ट्रसङ्घले विगतमा पनि वार्ताको मध्यस्थता गरेको थियो तर गठबन्धनले देशव्यापि युद्धविरामको घोषणा गरेको यो पहिलोपटक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा