कोरोनाविरुद्धको सङ्घर्षमा वेलायत सफल हुने महारानी एलिजाबेथको दाबी



ब्रिटेनकी महारानी एलिजाबेथले कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा वेलायत सफल हुने बताएकी छन् । राष्ट्रका नाममा दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र ’अरूका लागि सहयोग गर्न जुटेकाहरूको’ प्रशंसा गरिन् ।

उनले प्रत्येक घण्टा काम गरेर सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्याउने अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन् । वेलायतमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४ हजार ९ सय ३४ पुगेका बेला उनको यस्तो सन्देश आएको हो । विन्जर क्यासलबाट सम्बोधन गर्दै महारानी एलिजाबेथ द्वितीयाले भनिन्, ‘हामीले विगतमा चुनौतीहरू भोगेको भए तापनि यो एकदमै फरक छ।’

‘यस पटक विज्ञानको बृहत् विकास र हाम्रो करुणाभावसहित साझा प्रयत्नका लागि विश्वभरिका देशहरूसँग हामी मिलेका छौँ। हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ ।’

‘हामीले अझ धेरै सहनुपरे पनि के कुरा सम्झेर सहज मान्नुपर्छ भने राम्रा दिनहरू फर्किनेछन्, हामी फेरि आफ्ना साथीहरूमाझ हुनेछौँ, हामी फेरि हाम्रा परिवारसँग हुनेछौँ, हामी फेरि भेट्नेछौँ।’ ९३ वर्षीया महारानीले ’आफ्ना प्रियजनबाट अलग्गिने पीडादायी अवस्था’बारे बोलिन् र अहिले जारी राख्न भनिएको व्यक्तिगत दूरीले दोस्रो विश्वयुद्धताका अन्यत्र सारिएका बालबालिकाहरू सम्झाएको बताइन् ।

महारानीले सन्देश दिएको एक घण्टापछि डाउनिङ स्ट्रीटले प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल लगिएको घोषणा गरेको थियो । दश दिनअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनी एकान्तवासमा थिए । आफ्नो सम्बोधनमा महारानीले नियम मानेर घरमै बसिरहेका सबैले जोखिममा रहेकालाई जोगाउन सहयोग गरेको र आफन्त गुमाएर पीडामा रहेका परिवारसँग सहानुभूति भएको बताइन् ।

‘मिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ,’ उनले भनिन् ।

उनले आत्मानुशासन र सङ्कल्पमा जोड दिँदै आफूले भविष्यमा “यो चुनौती कसरी सामना गरेका थियौँ भन्नेमा सबैले गर्व अनुभूति गर्ने“ पनि बताइन् । यो सन्देश टेलिभिजन, रेडियो र सामाजिक सञ्जालहरूमार्फत् प्रसारण गरिएको थियो ।

कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि अलग्गै बसेका प्रिन्स अफ वेल्स चाल्र्स बाहिर निस्किएको एक साता पनि नहुँदै महारानीको यो सम्बोधन आएको हो । मध्यमखालका लक्षणसहित सङ्क्रमण भएको पुष्टि भएपछि ७१ वर्षीय राजकुमार चाल्र्स सात दिनका लागि स्कटल्यान्डमा एक्लिएर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट