भारतमा कोरोना संक्रमणबाट ६२ जनाको मृत्यु, संक्रमितको संख्या बढ्दै



भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । त्यहाँ अहिलेसम्म २ हजार ५४७ जनामा यसको सङ्क्रमण भेटिएका छन् । प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ६२ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १६२ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् ।

भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राख्दै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ मा २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गरेका थिए । भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको मोदीले बताएका थिए ।

भारतीय प्रधानमन्त्री लकडाउनको घोषणा भएको शुक्रबार नवौँ दिनमा जनतालाई सम्बोधन गर्दै कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका थिए ।

भारतको महाराष्ट्र, तामिल नाडु, केरला, नयाँ दिल्ली, आन्ध्र प्रदेश, कर्नाटक, राजस्थान, तेलाङ्गाना, चन्डीगढ, जम्मु र काश्मिर, लदाख, मिजोरम, आसाम र मणिपुरलगायतका राज्यहरुमा कोरोना भाइरस सङ्क्रमण पाइएको र कतिपय राज्यमा व्यक्तिहरुको ज्यान गएको छ । सरकारी स्रोतले दिएको पछिल्लो तथ्याङ्कअनुसार भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ६२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाबारे अरब समुदायको विचार सुन्न अमेरिका इच्छुक

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु

क्वेटा ।  दक्षिणपश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १०

अमेरिका–रूस वार्ताअघि ‘रूसलाई रोक्ने’ योजना बनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग वार्ता सुरु गर्नुअघि रूसलाई रोक्ने संयुक्त

ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने