चीनमा कोरानाका कारण मृत्यु हुने मानिसको सम्झनामा तीन मिनेट मौनधारण



कोरोनाभाइरस महामारी फैलिन थालेको देश चीनमा करोडौँ मानिसहरूले कोभिड-१९ का कारण ज्यान गुमाउने व्यक्तिको सम्झनामा तीन मिनेट मौनधारण गरेका छन्।

कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरूको सम्झनामा चीनमा देशैभरिका मानिसहरूले रोकिएर आफ्नो शिर झुकाएका छन्। त्यतिबेला साइरन तथा हर्न पनि बजाइएको थियो।

चीनमा गत डिसेम्बर महिनामा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता कोभिड-१९ का कारण अहिलेसम्म ३,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

देशव्यापी मौनधारण कोरोनाभाइरसविरुद्ध सङ्घर्षका क्रममा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पनि भएको चीनले बताएको छ।

श्वासप्रश्वाससम्बन्धी एउटा नौलो सङ्क्रामक रोग लगाउने कोरोनाभाइरस फैलिरहेको ठहर गरी आफ्ना सहकर्मीहरूलाई सचेत गराउने प्रयास गरेका वुहानमा कार्यरत चिकित्सक लि वेन्लियाङ तथा अन्य स्वास्थ्यकर्मीहरूले पनि कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाए।

यसैबीच दिवङ्गत मानिसको सम्झना गरिने चिन्मिङ पर्वका अवसरमा धेरै मानिसहरूले मृत्यु भएका आफ्ना आफन्तजनलाई डिजिटल प्रविधिको प्रयोग गर्दै सम्मान अर्पण गरेका  छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीबार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता

जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँः मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता

चीनद्वारा पाकिस्तानलाई थप बीस लाख खोप प्रदान

पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको

आफ्नो पानीजहाजमा रुसले गोली नचलाएको वेलायतको भनाइ

रुसको सेनाले ब्ल्याक सी मा आफ्नो पानीजहाजमाथि चेतावनी स्वरूप प्रहार गरेको भनाइलाई ब्रिटेनले