जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध



कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि लागू हुनेछ । सिएनएनका अनुसार यात्रा प्रतिबन्धहरु कहिले समाप्त हुन्छ भन्ने बारेमा जापान सरकारले केही बताएको छैन ।

कोरोनाभाइरसको महामारी बढ्दै गएपछि गृष्मकालीन ओलम्पिक खेल एक वर्षका लागि स्थगित भएसँगै जापानले यस्तो निर्णय गरेको हो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखेर नै ओलम्पिक खेल स्थगित गरेको बताइसकेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जापानमा हालसम्म २ हजार ६१७ जनामा कोरोना संक्रमण देखिएको छ भने ६३ जनाको मृत्यु भएको छ । जापानमा पनि बुढ्यौली उमेरको जनसंख्या ठूलो रहेको र उनीहरु कोरोना संक्रमणबाट सबैभन्दा बढी खतराको सूचीमा रहेकाले पनि जापानमा विशेष सतर्कता अपनाइएको सरकारको भनाई छ ।

युरोप र अमेरिकाको तुलनामा जापानमा संक्रमण दर र मृत्यु दर दुबै निकै न्यून देखिएको छ । दक्षिण कोरियामा भने कोरोनाभाइरसको महामारी रोक्न सरकारले विशेष व्यवस्था गरेको छ र कोरोना परीक्षणलाई व्यापक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाबारे अरब समुदायको विचार सुन्न अमेरिका इच्छुक

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु

क्वेटा ।  दक्षिणपश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १०

अमेरिका–रूस वार्ताअघि ‘रूसलाई रोक्ने’ योजना बनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग वार्ता सुरु गर्नुअघि रूसलाई रोक्ने संयुक्त

ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने