भारतमा कोरोना भइरसको प्रकोप बढ्दै



भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । भारत अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको बताइएको छ ।

भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ । भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १४३ जना निको भएर घर फर्किएका छन् ।

अरु सबैजना अस्पतालमा उपचाररत छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राखेका छन् ।

पछिल्ला केही दिनमा भारतमा यसरी सङ्क्रमितहरुको संख्या थपिँदै जान लागेपछि बिहीबार बिहान भारतीय गृहसचिव अजय भल्लाले भारतको गृह प्रशासनको आदेशमा जारी लकडाउनको नीतिलाई अझै कडा रुपमा पालना गराउन सबै राज्य सरकारहरुलाई आग्रह गरेका छन् । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले हालैमात्र त्यहाँ २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाको आक्रमणबाट लेबनानमा कम्तिमा सात जनाको मृत्यु, ४० घाइते

बीबीसी । इजरायलले लेबनानमा भीषण आक्रमण गरेको छ । नोभेम्बरमा युद्धविराम लागू भएदेखिको

विश्वका तालमा अक्सिजनको कमी : जलवायु परिवर्तनको असर

बेइजिङ । एक नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका

भारतको नागपुर हिंसामा ९२ जना पक्राउ

नागपुर । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले नागपुरमा मार्च १७ मा भएको हिंसामा ९२

साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च