कोरोना संक्रमितको संख्या केही दिनमै १० लाख र मृतकको संख्या ५० हजार पुग्ने डब्लूएचओको चेतावनी



विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका छन्।

डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि जनाएको छ।

जोन्स हप्किन्स विश्वविद्यलायको तथ्याङ्क अनुसार पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमणको संख्या ९ लाख ३७ हजार १७० रहेको छ भने ४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसङ्ख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरू निकै उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

टेड्रस एड्हानोम गेहब्रेयससले केही दिनमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या विश्वमा दश लाख र मृत्यु हुनेको ५० हजार पुग्ने र यो विश्वको सबैजसो देश वा क्षेत्रमा पुगेको बताए ।

यसैबीच डब्लुएचओ, विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्।

डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१