कोरोनाको महामारीका कारण यसवर्ष जलवायु सम्मेलन नहुने



कोरोनाभाइरस महामारीका कारण ब्रिटेनको ग्लास्गोमा तय भएको एउटा महत्त्वपूर्ण जलवायु सम्मेलन अर्को वर्षसम्मका लागि पर सारिएको छ।

ब्रिटेन र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

यसै वर्षको नोभेम्बर ९ बाट सुरु हुने बताइएको राष्ट्रसङ्घीय वार्षिक भेला कोप-२६ मा दर्जनौँ विश्व नेताहरू सहभागी हुँदैथिए।

अब उक्त सम्मेलन सन् २०२१ को मध्यसम्ममा हुने अपेक्षा गरिएको छ। विश्वभरि भाइरसको सङ्क्रमण फैलिरहँदा पछिल्ला साता यो सम्मेलन पनि पर सारियोस् भन्ने आवाजहरू सुनिन थालेका थिए।

स्कटल्याण्डको ग्लास्गो शहरमा सम्मेलनको लागि प्रतिनिधिहरू, पत्रकार र वातावरण अभियानकर्ता गरेर झण्डै ३० हजारको सङ्ख्यामा मानिसहरू भेला हुँदैथिए।

महत्त्वपूर्ण वार्ताहरूको आतिथ्यता गर्ने ग्लास्गोको स्कटिस इभेन्ट्स क्याम्पस अब कोभिड-१९ का बिरामीका लागि अस्थायी अस्पतालको रूपमा परिवर्तन गरिँदैछ।

भाइरसले देशहरूका प्राथमिकतामा बदलाव ल्याउन पारेको बाध्यात्मक अवस्था समेत स्पष्ट रूपमा देखिन्छ। जलवायु परिवर्तनबारे निकै महत्त्वपूर्ण प्यारिस सम्झौता भएको पाँच वर्षपछि देशहरूले परिस्कृत जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो।

वातावरणवादी समूहहरूले यो टार्न नसकिने निर्णय भएको बताएका छन्। यद्यपि यस सम्मेलन यसअघि नै यूके र स्कटिस सरकारबीचको असहज अवस्थाले विवादित बनिसकेको थियो।

त्यसको एउटा कारण वार्ताहरू सञ्चालन गर्ने जिम्मा पाएकी मन्त्री क्लेअर ओ’निललाई प्रधानमन्त्री बोरिस जोनसनले बर्खास्त गरिदिनु रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक

जेरुसेलम । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि