स्पेनमा एकै दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च



स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा मृत्यु हुनेको सङ्ख्या ८६४ पुगेर अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्या भएको छ।

युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघिसकेको छ। स्पेनमा मात्रै अहिलेसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटलीपछि दोस्रो हो।

स्पेनमा एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ सङ्क्रमितको सङख्या भने निरन्तर घट्दै गएको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले कोरोनाभाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन्।

कोरोनाभाइरसको रोकथामका लागि गरिएका प्रयासले अर्थतन्त्रमा नराम्ररी असर पुर्‍याउन सक्ने आकलन भएका बेला राष्ट्रसङ्घको पछिल्लो टिप्पणी आएको हो। राष्ट्रसङ्घको प्रतिवेदनले कोरोनाभाइरसको महामारीका कारण विश्वभरि २ करोड ५० लाख जागिर गुम्न सक्ने अनुमान गरेको छ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि अहिलेसम्म ८ लाख ७० हजार मानिसमा देखिएको पुष्टि भएको छ भने ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

कोभिड-१९ बाट बुधवार स्पेनमा मृत्यु हुने मानिसहरूको सङ्ख्या मङ्गलवारको भन्दा थोरै बढी छ। मङ्गलवार ८४९ जनाको ज्यान गएको थियो। विगत पाँच दिनयता प्रतिदिन आठ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँदिल्ली आसपासका क्षेत्रमा भूकम्प, सतर्क रहन मोदीको अपील

बीबीसी । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

पाकिस्तानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते

इस्लामवाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको

इजरायलमा साइबर सुरक्षा सप्ताह सुरु

जेरुसेलम । इजरायलले आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ । यसको