कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न एसियाली देशलाई डब्लूएचओको आग्रह



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ अधिकारीले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएका छन्।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन्।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन्।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका  छन्। चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणमा आएको  छ। तर ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको बताइन्छ।

जापानमा पनि कडा प्रतिबन्ध नलगाएका कारण भाइरस फैलिन सक्ने चिन्ता बढेको थियो। यसैबीच विश्व ब्याङ्कले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ।

विश्व ब्याङ्कको नयाँ पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा भएको किसानहरुको प्रदर्शनमा एक जनाको मृत्यु

भारत सरकारको नीतिविरुद्ध आन्दोलन गरिरहेका हजारौँ किसानहरू प्रहरी अवरोधलाई छिचोल्दै दिल्लीस्थित लालकिल्लामा प्रवेश

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि सम्बन्धी

अमेरिका प्रवेश गर्न अब कोरोना नेगेटिभ रिपोर्ट चाहिने

अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ

ट्रम्पद्वारा फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय स्थापना

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका