इजरायली प्रधानमन्त्री नेतन्याहूलाई कोरोना संक्रमण देखिएन



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने भएका छन् । प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उनका पतिलाई अघिल्लो दिन स्वास्थ्य परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

स्वास्थ्य परीक्षणको नतिजा प्राप्त भएसँगै देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायली जनतालाई एउटा उदाहरण प्रस्तुत गर्नकै लागि पनि आफू स्वेच्छिक क्वारेन्टाइनमा बस्न लागेको बताएका छन् । इजरायली स्वास्थ्य मन्त्रालयले सोमबार देशभर संक्रमण पुष्टी भएका व्यक्तिको संख्या ४ हजार ६९५ पुगेको जनाएको छ । पछिल्लो एक दिनमा थप १०० जनामा संक्रमण देखिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब