अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार पुग्यो



कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ८१२ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९१ पुगेको छ । यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । इटालीको सो ठाउँमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रहीआएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु एक लाख १ हजार ५४९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ । मङ्गलबार बिहानसम्मको इटालीको अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ । यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म एक लाख ६४  हजार २५३ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या सात हजार ७१६ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८७ हजार ९५६ पुगेका छन् । यहाँ सोह्र हजार ७८० नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ । संयुक्त राज्य अमेरिकामा तीन हजार १६७ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर सात लाख ८५ हजार ८०७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

यसबाट ३७ हजार ८२० नागरिकको ज्यान गएको छ । मङ्गलबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये एक लाख ६५ हजार ६५९ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार  ५१८ जना सङ्क्रमित रहेका छन् ।

यसैबीच ७६ हजार ५२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा यस सङ्क्रमणका कारण २ हजार ७५७ जनाको मृत्यु भएको छ । हाल ४१ हजार ४९५ जना सङ्क्रमित रहेका छन् । तेह्र हजार ९११ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ६४५ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६६ हजार ८६५ जना सङक्रमित रहेका छन् । यहाँका तेह्र हजार ५०० उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण तीन हजार २४ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४४ हजार ५५० सङ्क्रमित रहेका छन् । यहाँका सात हजार ९२७ नागरिक उपचारपछि घर फर्किएका छन् ।

संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार ४०८ व्यक्तिको मृत्यु भएको छ । यहाँका २२ हजार १४१ सङ्क्रमित भएका छन् । यहाँका करिब १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३५९ व्यक्तिको मृत्यु भएको छ ।  पन्ध्र हजार ९२२ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ८२३ जना भने उपचारपछि घर फर्किएका छन् । नेडरल्याण्डमा यस सङ्क्रमणबाट ८६४ व्यक्तिको मृत्यु भएको छ । एघार हजार ७५० सङ्क्रमित भएका छन् ।

यसैबीच २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा सङ्क्रमणको कारण ५१३ व्यक्तिको मृत्यु भएको छ । एघार हजार ८९९ सङ्क्रमित भएका छन् । यसैबीच एक हजार ५२७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६२ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ७८६ सङ्क्रमित भएका छन् । पाँच हजार ४०८ उपचारपछि निको भएर घर फर्किएका छन् । यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १६८ मृत्यु भएको छ । दश हजार ८२७ सङ्क्रमित भएका छन् ।

अष्ट्रियामा १०८ मृत्यु हुनुको साथै  नौ हजार ६१८ सङ्क्रमित भएका छन् । ब्राजिलमा यस सङ्क्रमणबाट १६५ मृत्यु हुनुको साथै चार हजार ६६१ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट १४६ मृत्यु हुनुको साथै चार हजार २८ सङ्क्रमित भएका छ । पोर्चुगलमा सङ्क्रमणबाट १४० मृत्यु भएको छ । छ हजार ४०८ सङ्क्रमित भएका छन् । क्यानाडामा सङ्क्रमणबाट ९२ को मृत्यु हुनुको साथै सात हजार ४७४ सङ्क्रमित भएका छन ।

सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै २ हजार ३९५ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५६ मृत्यु भएको छ । एक हजार ९५३ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा ३२ को मृत्यु भएको छ । एक हजार २५१ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा २१ मृत्यु भएको छ । एक हजार ७१७ सङ्क्रमित भएका छन । यस प्रकोपबाट रोमानियामा ६५ हुनुको साथै दुई हजार १०९ सङ्क्रमित भएका छन् । , आयरल्याण्डमा ५४  व्यक्तिको हुनुको साथै दुई हजार ९१० कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट मलेसियामा ३७, नर्वेमा ३२, पेरुमा २४, अष्ट्रेलियामा १९, पोल्याण्डमा २२, इजरायलमा  १६ थाइल्याण्डमा ९, रुसमा ९, चिलीमा ८, सिङ्गापुरमा ३,  लगायतको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न