महामारीसँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई सातामा कोरोनाभाइरसको महामारी ‘उच्च विन्दुमा पुग्दा’ त्योसँग जुझ्न अमेरिका ‘निकै राम्रो अवस्थामा’ हुने  बताएका छन्।

त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उनको दाबी छ।

ह्वाइटहाउसमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने: “अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेका छन्।”

ट्रम्पका अनुसार अहिलेसम्म आठ हजार एक सय भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको छ। “मिसिगनमा थप चार सय, न्यूजर्सीमा तीन सय, इलिनोइ र लुजिआना प्रत्येकमा १५० र कनेटिकटमा ५० को सङ्ख्यामा भेन्टिलेटर पठाइनेछ।”

एक दिनअघि भने ट्रम्पले गभर्नरहरूलाई महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरू लुकाएर राखेको आरोप लगाएका थिए। फोर्ड मोटर कम्पनीले सय दिनभित्रै ५० हजार नयाँ भेन्टिलेटरहरू बनाउने ट्रम्पको भनाइ छ। भाइरसले फोक्सोमा असर गर्दै श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू सिर्जना गर्ने भएकाले त्यस्तो बेला बिरामीका लागि भेन्टिलेटर अत्यावश्यक मानिन्छ।

राष्ट्रपति ट्रम्पले अमेरिकालाई चाहिनेभन्दा बढी उत्पादन भएपछि त्यस्ता उपकरणहरू देशबाहिर पठाउने आफ्नो योजना समेत सुनाए। सामग्री पठाइने देशमा उनले उच्च प्रभावित इटली, फ्रान्स र स्पेनको नाम लिएका थिए।

इटलीका हकमा भने उनले १० करोड डलर बराबरका ‘सर्जिकल र मेडिकल’ सामग्री पठाइने बताएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदा तीस दिनलाई निकै महत्त्वपूर्ण भन्दै सामाजिक दूरी कायम राखेर दश लाखभन्दा बढी अमेरिकीको जीवन बचाउन सकिने बताएका छन्।

उनले अहिलेसम्म अमेरिकामा १० लाख भन्दा बढीमा भाइरस जाँच गरिएको भन्दै त्यो अन्य कुनै पनि देशमा भन्दा बढी रहेको दाबी गरे। तर पत्रकारहरूले उनलाई प्रतिव्यक्ति जाँचमा अमेरिका किन दक्षिण कोरियाभन्दा पछाडि रह्यो भनेर सोधेका थिए।

जबाफमा ट्रम्पले भने आफ्नो प्रशासनले गरेको प्रगतिका लागि आफूलाई बधाई दिनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ