भारतले लकडाउन नबढाउने



भारतमा अहिले लागू भएको लकडाउन २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ । भारतले गत मङ्गलबारदेखि देशब्यापी लकडाउनको घोषणा गरेको हो । सूचना तथा प्रसारण मन्त्रालयको सञ्चार सूचना विभागले सामाजिक सञ्जाल ट्वीटरमा लेखे अनुसार अहिलेसम्म लकडाउन बढाउने योजना सरकारले नबनाएको उल्लेख गरिएको छ ।

सञ्चारमन्त्री राजीव गौबाले लकडाउनको म्याद थप्ने आशङ्काको सोमबार खण्डन गर्नुभयो । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएपछि सरकारले लगाएको देशव्यापी लकडाउन मङ्गलवार राति सकिन लागेको छ । सरकारले लकडाउन लम्ब्याउन लागेको हल्ला व्यापक चलेपछि सरकारको तर्फबाट सो हल्लाको खण्डन गरिएको हो ।

मन्त्री गौबाले भने “सरकारले २१ दिने लकडाउन लम्ब्याउन लागेको छ भनेर व्यापक हल्लाहरु भै राखेको छ, ति सबै हल्ला गलत हुन्, तोकिएको मितिमा लकडाउन अन्त्य हुनेछ ।” भारतमा लकडाउन लागु गरिएपछि मजदूर तथा गरिव वर्गलाई नराम्ररी मर्का परेको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्