जापानको टोकियोमा एकै दिनमा भेटियो ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण



कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ।

त्यहाँ कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो। राजधानी टोक्योमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ। त्यहाँ ६८ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।

जापानभरि कुल १७३ जानमा सङक्रमण देखिएको छ। छिमेकी दक्षिण कोरिया र चीनमा जस्तो जापानमा भाइरसबाट जोगिन धेरै सावधानीका उपायहरू अवलम्बन गरिएको छैन।

घरमै बस्न गरिएको अनुरोधलाई धेरै टोक्योवासीहरूले बेवास्ता गरिरहेको पाइएको छ। एक प्रख्यात जापानी हास्य कलाकार केन शिमुराको पनि कोरोनाभाइरसका कारण ज्यान गएको खबर छ। उनी ७० वर्षका थिए।

यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने बताएका छन्। यसअघि नै चिनियाँ र दक्षिण कोरियाली नागरिकलाई जापान आउन निषेध गरिएको छ। अब युरोप र अमेरिकाबाट आउनेलाई पनि निषेध गर्ने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा

‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

जेरुसेलम । इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी

वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५००

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा