चीनमा विदेशी नागरिक प्रवेशमा अस्थायी प्रतिबन्ध



चीनमा सबै विदेशी नागरिकलाई प्रवेश गर्न नदिने अस्थायी प्रतिबन्ध लगाइएको छ। प्रवेशाज्ञा वा बसोबासको अनुमति भएकाहरू पनि शनिवारबाट चीन जान पाउने छैनन्।

चीनमा तीन दिनयता पहिलो पटक स्वदेशमै भएको नयाँ सङ्क्रमण फेला परेको थियो। अन्यथा सबैजसो विदेशमै सङ्क्रमित भएकाहरू भेटिएका थिए। बिहीवार चीनमा ५५ जना नयाँ सङ्क्रमित भेटिएकामा ५४ जना विदेशबाट आएकाहरू थिए।

चीनको विदेश मन्त्रालयले ‘कोभिड-१९ को विश्वव्यापी विस्तारका कारण सबै विदेशीलाई प्रवेश नदिने निर्णय’ गरिएको जनाएको छ।

उक्त प्रतिबन्ध कुटनीतिज्ञ वा विमानका चालकदलका सदस्यहरू बाहेक प्रवेशाज्ञा र बसोबासको अनुमति पाएका विदेशीहरूका निम्ति पनि लागु हुनेछ।

आपत्‌कालीन मानवीय सहायतासँग सम्बन्धित वा त्यस्तै क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई अपवाद मानिने बताइएको छ। तर चीनमा कैयौँ विदेशी विमान सेवा कम्पनीहरूले यसअघि नै उडान रोकिसकेको र विभिन्न सहरहरूमा अवतरणमा रोक लगाइसकिएको सन्दर्भमा पछिल्लो निर्णय नाटकीय जस्तो देखिन्छ।

कोरोनाभाइरस पहिलो पटक चीनमा देखिए पनि त्यहाँ सङ्क्रमितको सङ्ख्या अमेरिकामाभन्दा कम र मृत्यु हुनेको सङ्ख्या इटली र स्पेनभन्दा थोरै छ।

चीनको न्याश्नल हेल्थ कमिशनले त्यहाँ ८१,३४० जनामा सङ्क्रमण पुष्टि भएको र ३,२९२ जनाको ज्यान गएको शुक्रवार जनाएको छ।

पुष्टि भएकामध्ये ५६५ जना विदेशमा सङ्क्रमित भएर गएकाहरू छन्। जसमा विदेशी वा विदेशबाट फर्किएका चिनियाँ नागरिक पर्छन्।

प्रकोप सुरु भएको हुबे प्रान्तमा बिहीवार नयाँ सङ्क्रमित वा शङ्कास्पद बिरामी भेटिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका