सामाजिक दुरी कायम नराखे कोरोनाबाट ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान जाने वैज्ञानिकहरुको चेतावनी



कोरोनाभाइरस प्रकोपको अध्ययन गरिरहेका ब्रिटेनका वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाउने हो भने सरकारहरूले अत्यन्त चाँडो गतिमा कदम चाल्नु पर्ने बताएका छन्।

इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन अनुसार परीक्षण र एक्ल्याउने काम नगरे अनि सामाजिक दुरी कायम नराखे ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान जान सक्छ।

कम्प्युटर प्रणालीबाट निकालिएको हिसाब अनुसार अत्यन्त खराब स्थितिमा सघन उपचार आवश्यक पर्ने बिरामीहरूको सङ्ख्या धान्न सकिने भन्दा २० गुना ज्यादा हुनेछ।

वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष ठ्याक्कै नमिल्न पनि सक्ने भन्दै सरकारहरूले कुनै काम नगरेको खण्डमा मात्र आफूहरूले दिएको चेतावनीको स्थिति आउनसक्ने बताएका छन्।

उनीहरूले बढी उमेरका मानिसहरू घरपरिवारमै बस्ने अल्पविकसित देशहरूमा प्रकोपको असर खतरनाक हुन सक्ने पनि बताए।

कोरोनाभाइरस नयाँ भएकाले यसबारे थुप्रै कुरा जान्न अझै बाँकी रहेको वैज्ञानिकहरूले बताउँदै आएका छन्। प्रारम्भिक विवरणहरूमा धेरै उमेरकालाई यसले बढ्ता असर पारेको अनि महिलाभन्दा पुरुषका निम्ति यो धेरै घातक भएको देखिएको छ।

साथै बालबालिकामा यसले पार्ने प्रभाव पनि कम देखिएको छ। तर यी सबै विषयका यकिन कारणहरू खुलिसकेका छैनन्।

युरोपको रोग नियन्त्रणसम्बन्धी एउटा निकायले बढी उमेरका मानिसभन्दा पनि धेरै धूम्रपान गर्नेहरू कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको हुनसक्ने बताएको छ।

एक विवरणमा उसले पुराना अम्मली वर्तमान अम्मलीभन्दा बढी जोखिममा हुनसक्ने पनि उल्लेख गरेको छ। उनीहरूको कोषमा एक प्रकारको इन्जाइमका कारण त्यो हुनसक्ने बताइएको छ। सो निकायले धूम्रपान गर्नेहरूलाई पनि सो रोगको अति जोखिमा रहेका समूहमा राख्न भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८