कोरोना महामारीको आर्थिक असरसँग जुझ्न भारतमा २२ अर्ब डलरको आर्थिक प्याकेज घोषणा



कोरोनाभाइरस महामारीको आर्थिक असरसँग जुझ्न भारतमा २२ अर्ब डलरको एउटा आर्थिक प्याकेज घोषणा गरिएको छ। त्यस्तो प्याकेजले त्यहाँका गरिबहरूलाई सघाउने बताइएको छ।

भारतकी अर्थमन्त्री निर्मला सीतारमण आफूहरूले कोही पनि भोको र बेखर्ची भएको देख्न नचाहेको बताइन्। उक्त प्याकेजमा नि: शुल्क खाना र आर्थिक सहायता समेटिएको छ।

त्यो ‘तत्काल आवश्यकतामा रहेकाहरूलाई’ दिइने अर्थमन्त्री सीतारमणले बताइन्। उनले स्वास्थ्यकर्मीहरूले ६६,५०० डलरसम्म स्वास्थ्य बीमा पाउने बताइन्।

संवाददाताहरूको भनाइमा यसमा खर्च हुने रकम भारतको कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत जति हो। जबकि अमेरिका र सिङ्गापुरले त्यस्तै कार्यक्रमका लागि जीडीपीको १० प्रतिशतसम्म खर्च गरेका छन्।

तर उनीहरूले यो भारत सरकारको पहिलो चरणको राहत कार्यक्रम हुनसक्ने समेत बताए। भारतका १ अर्ब ३० करोडजति मानिसहरू लकडाउनका बीच घरभित्रै बसिरहँदा त्यहाँको अर्थतन्त्र गम्भीर मन्दीतर्फ जाने क्रममा छ।

त्यहाँ दशौँ लाख अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक छन्। भारतको श्रमशक्तिको त्यो एउटा महत्त्वपूर्ण क्षेत्रले अहिले सबैभन्दा ठूलो प्रभाव सामना गरिरहेको छ।

लकडाउन र सामाजिक दूरी कायम राख्न भनिएपछि दैनिक आम्दानीमा निर्भर रहने धेरै मानिसहरूलाई असर पर्ने र उनीहरूको दैनिक खानपानमै समस्या पर्न सक्ने धेरैको चिन्ता छ।

त्यहाँको आर्थिक वृद्धिदर गत महिना ४.७ प्रतिशतसम्म खस्केको थियो। उत्पादनमूलक क्षेत्रसहित थुप्रै क्षेत्रतिर परेको कोरोनाभाइरसको यस्तो प्रभाव वर्षौँपछि आएको हो।

वित्तीय सेवा कम्पनी बार्कलेजका अनुसार भारतको उक्त लकडाउनको मूल्य १२० अर्ब डलरसम्म पर्छ जुन देशको जीडीपीको झण्डै चार प्रतिशत हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले गठन गरेको एउटा आर्थिक कार्यदलकी संयोजक समेत रहेकी सीतारमणले रोजगार सुनिश्चितता कार्यक्रम अन्तर्गत श्रमिकहरूले सुलभ मात्र नभएर नि:शुल्क ग्यास सिलिन्डरजस्ता सुविधाहरू पाउने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर

जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको

इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको