अमेरिकामा ३३ लाख मानिसद्वारा बेरोजगारी सुविधा माग



अमेरिकामा झण्डै ३३ लाख मानिसले बेरोजगारहरूले पाउने सुविधाका लागि गत साता आवेदन दिएका छन्। यो सङ्ख्या अमेरिकामा अभिलेख राख्न थालिएयताकै सबैभन्दा उच्च हो।

कोरोनाभाइरसले अमेरिकी अर्थतन्त्रलाई पारेको मार जान्ने यो सबैभन्दा पछिल्लो सूचक हो। अमेरिकामा राष्ट्रपतीय चुनाव हुने वर्ष देखिएको यो सङ्ख्या अर्थशास्त्रीहरूले प्रक्षेपण गरेभन्दा निकै धेरै हो।

र, यो सङ्ख्या यसअघिको उच्चतम विवरणभन्दा चार गुणाभन्दा बढी हो।अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले भने यस्तो उच्च तथ्याङ्कलाई “असान्दर्भिक” भन्दै ती पुन: काममा फर्कने श्रमिकहरू भएको बताए।

अर्थमन्त्री मनुसिनले बेरोगार भएकाहरूले भने केही साताभित्रै दुई खर्ब डलरको आर्थिक प्याकेजबाट राहत पाउने बताए।

तीन साताअघि भने बेरोगारीको तथ्याङ्क दुई लाख थियो। यसअघि सन् १९८२ मा सबैभन्दा उच्च झण्डै सात लाख मानिसले आफूलाई बेरोगार दाबी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित

सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले

छिमेकी देशलाई भारतले बुधबारदेखि कोभिडविरुद्धको खोप उपलब्ध गराउने

भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधबारदेखि कोरोनाभाइरस खोप उपलब्ध

यस्तो छ ह्वाइटहाउसमा बाइडेन र ह्यारिसको शपथग्रहण समारोहको तयारी(फोटोफिचर)

राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो

उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा