दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त



दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ।

ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोनाभाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ।

उनी कोभिड-१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्। यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो।

जापानको राजधानी टोक्योका अधिकारीहरूले शहरवासीहरूलाई सप्ताहान्तमा घरभित्रै बस्न आग्रह गर्दै त्यहाँ सङ्क्रमण ह्वात्तै बढ्न सक्ने चेतावनी दिएका छन्। बुधवार ४१ नयाँ सङ्क्रमण पुष्टि भए पनि टोक्योमा अन्य ठूला शहरमा जस्तो प्रतिबन्धहरू लागेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक

युद्धविराका लागि पुटिनले राखे कडा सर्त

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट