न्यूयोर्कमा कोरोना भाइरसको संक्रमण ‘बुलेट ट्रेन’को गतिमा फैलँदै



न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोभिड-१९ ‘बुलेट ट्रेन’ भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन्।

पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए। संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे।

संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको प्रति पनि उनले आलोचना गरे। न्यूयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल सात हजार रहेको उनले बताए। न्यूयोर्कमा हालसम्म २५ हजारलाई सङ्क्रमण अनि कम्तीमा २१० जनाको मृत्य भइसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले मङ्गलवार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको बतायो।

राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन्।

अमेरिकी सरकारले केही दिन यता न्यूयोर्क शहरबाट बाहिरिएका प्रत्येक मानिसलाई आगामी दुई सातासम्म स्वयं अलग्गिएर ‘सेल्फ क्वारान्टीन’मा बस्न भनेको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले सो शहरलाई सङ्क्रमणको एक केन्द्रविन्दु भएको बताए। अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेका मध्ये दुई तिहाइ सोही शहरबाट पत्ता लागिरहेका छन्।

अमेरिकामा ५३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ। सात सयजनाको ज्यान गइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट