तीनवटा अमेरिकी पत्रिकाका पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध



अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएपछि प्रत्युत्तरमा चीनले तीन वटा अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारलाई देश निकाला गरेको छ । चिनियाँ विदेश मन्त्रालयले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ । उक्त कदम अमेरिकामा “चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको“ प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ । चीनका अर्धस्वायत्त क्षेत्र हङ्कङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।

चीनमा भन्दा ती स्थानमा बढी प्रेस स्वतन्त्रता छ । यसै महिनाको आरम्भमा ट्रम्प प्रशासनले अमेरिकामा काम गर्ने चिनियाँ पत्रकारको सङ्ख्यामा सीमा तोकिदिएको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको निर्णयलाई “दुर्भाग्यपूर्ण“ भन्दै बेइजिङलाई त्यसबारे पुनःविचार गर्न आग्रह गरेका छन् ।

मार्च महिनाको आरम्भमा अमेरिकाको विदेश मन्त्रालयले चिनियाँ समाचारसंस्था सिन्ह्वासहित पाँचवटा सञ्चारगृहलाई कर्मचारीको कुल सङ्ख्या १६० बाट घटाएर १०० मा पुर्याउन भनेको थियो । गत महिना कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबारे लेखिएको सम्पादकीयका कारण चीनले द वाल स्ट्रिट जर्नलका दुई पत्रकारलाई निष्कासन गरेको थियो ।

त्यसको प्रतिक्रियास्वरूप अमेरिकाले चिनियाँ पत्रकारको सङ्ख्या तोकिदिएको ठानिएको थियो । केही समययता व्यापार, बौद्धिक सम्पत्तिको अधिकार र फाईभजी नेटवर्कजस्ता विषयमा चीन र अमेरिकाबीच विमति रहेको छ । त्यसबाट उनीहरूको सम्बन्ध चिसिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम

सवारी दुर्घटनामा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको

उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई