फ्रान्सद्वारा व्यापार घाटाको सहायतास्वरुप ४५ अर्ब युरो घोषणा
फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।
यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने माइरेले बताएका छन् ।