कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ हजार ६ सय पुग्यो



विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण १५२ भन्दाबढी देशमा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलना १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् ।

त्यसैगरी मृत्यु हुनेको सङ्ख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ हजार ६०६ पुगेको छ । कूल मृत्यु भएको र सङ्क्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको