कोरोना संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु, ८० जनाभन्दा बढीलाई सङ्क्रमण



भारतमा कोरोनाभाइरस सङ्क्रमण भएकी एक महिलाको मृत्यु भएपछि त्यहाँ कोभिड-१९ बाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई पुगेको छ।

अहिलेसम्म दक्षिण एशियामा भारतमा मात्र कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको हो। तर सबै देशमा सङ्क्रमित व्यक्ति फेला परेका छन्।

दिल्लीकी ६८ वर्षीया महिलालाई उनको छोराबाट भाइरस सरेको अधिकारीहरूले बताएका छन्। ती महिलामा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू पनि थिए ।

उनका छोरा गत महिना युरोपको भ्रमण गरेर फर्किएका थिए। सुरुमा सङ्क्रमणको कुनै लक्षण नदेखिएको भए पनि एक दिनपछि उनलाई ज्वरो आएको सरकारले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि पूरै परिवारको परीक्षण गरियो तथा आमा र छोरालाई अस्पताल भर्ना गरियो।

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो व्यक्तिको भएको पुष्टि बिहीवार मात्रै भएको थियो। मृत्यु हुने व्यक्ति दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुष हुन्। उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए।

राज्यका स्वास्थ्यमन्त्रीका अनुसार ती व्यक्तिको सम्पर्कमा आएका सबै मानिस पत्ता लगाउने र तिनलाई क्वारन्टीनमा राख्ने प्रयास भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाबारे अरब समुदायको विचार सुन्न अमेरिका इच्छुक

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु

क्वेटा ।  दक्षिणपश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १०

अमेरिका–रूस वार्ताअघि ‘रूसलाई रोक्ने’ योजना बनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग वार्ता सुरु गर्नुअघि रूसलाई रोक्ने संयुक्त

ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने